कतार जाने कामदारको भिसा प्रक्रिया सहज नभए आन्दोलनको चेतावनी

शुक्रबार, ११ असार २०७८, १९ : २४

काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पटकपटकको छलफलपछि पनि वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज नभएको भन्दै एक हप्ता भित्र सेवा प्रवाहमा सुधार नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर ९क्यूभीसी० सँग नयाँ समझदारी भएको बताएको दुई दिनपछि कार्यवाहक अध्यक्ष कमल तामाङले प्रक्रिया सहज हुन नसकेको भन्दै सेवा सहज पार्न दबाब दिएका हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कावा अध्यक्ष तामाङले भिसा अवधि सकिन लागेका र अन्य समस्या समाधानका लागि क्युभिसीमा हेल्थ डेक्सको स्थापना हुनुपर्ने, क्यूभीसीको क्षमता विस्तार गरिनुपर्ने, पुनः स्वास्थ परीक्षण गर्नुपर्नेको हकमा एक हप्ता भित्रै गरिनुपर्ने , भारत, पाकिस्तानमा जस्तै नेपालमा पनि २४ सै घण्टा सेवा प्रदान गरी संघमार्फत पठाएको लिष्टको आधारमा नभई व्यवसायीले पठाएको लिष्टको आधारमा क्यूभीसी गरिनुपर्ने माग गरेका छन् ।

शुक्रबार, ११ असार २०७८, १९ : २४

प्रतिक्रिया