एजेन्सी - रिलायन्स इन्डिया लिमिटेड अर्थात रिलायन्स जियोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले गुगलसँगको साझेदारीमा गुगल-जियो स्मार्टफोनको घोषणा गरेका छन् ।
४४औं वार्षिक साधारण सभामाको अम्बानीले भारतका लागि सस्तो फाइभजी फोनको रुपमा उक्त फोन बनाउन लागिएको बताएका हुन् ।
यो स्मार्टफोन आउँदो सेप्टेम्बरदेखि भारतमा उपलब्ध हुनेछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै अम्बानीले भारतमा सबैभन्दा सस्तो फोरजी भएको नाताले जियो डिजिटल कनेक्सनलाई प्रजातान्त्रिकिकरण गर्ने सुत्राधार भएको बताए ।
यद्यपि भारतमा अझै ३० करोड जनता अहिले पनि टुजी प्रयोग गर्दै आएका छन् । यस्तोमा नयाँ स्मार्टफोनले भारतलाई टुजी मुक्त बनाउने अम्बानीको दाबी छ ।
उनको कम्पनीले हालै मुम्बईमा एक जीबीपीएस गतिको फाइभजी परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यसका साथै जियोले भारत सरकारबाट फाइभजी परीक्षणका लागि स्पेक्ट्रमका साथै अनुमति समेत पाएको छ ।
रिलायन्स जियोको नेटवर्कमा प्रति महिना ६ अर्ब ३० करोड जीबी डेटा खपत हुने गर्दछ । गत वर्षको तुलनामा यो ४५ प्रतिशत बढी हो । गुगल-जियोको अपकमिङ स्मार्टफोन जियो फोन नेक्स्टको मूल्य भने खुलाइएको छैन ।
प्रतिक्रिया