यूएईले नेपाली उडानलाई साउन ६ गते सम्म रोक्यो

आइतबार, १३ असार २०७८, ०७ : ०७

काठमाडौं - नेपाली कामदारको प्रमुख गन्तव्यम ध्येको एक मुलक संयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएको छ । 

नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको बताएको छ । 

यसअघि उक्त मुलुकले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । यूएईले नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, कंगोली, युगान्डाली, लाइबेरियाली, नामिबियाली, सिएरालिओनी, जाम्बियाली, भियतनामी, नाइजेरियाली र दक्षिण अफ्रिकी गरी १३ देशका नागरिकलाई जुलाई २१ अर्थात साउन ६ सम्म प्रवेश रोक लागाएको छ । 

वैदेशिक रोजगारीमा जाने मध्ये प्रतिशतका हिसावले यूएईमा १४ प्रतिशत नेपाली जाने गरेका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले गत जुन २३ तारिखदेखि दुबई–काठमाडौंको एकतर्फी हवाई उडान शुरु गरेको थियो । 

केरोना महामारीका कारण यूएईमा रोकिएका, अलपत्र परेका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सका अनुसार यूएईबाट हुने उद्धार उडान असार ९ र असार १६ गतेका लागि तय भएको नेपाल एयरलाइन्सले जनाएको छ ।
 
यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ ।

आइतबार, १३ असार २०७८, ०७ : ०७

प्रतिक्रिया