काठमाडौं - चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षकोे सोेहि तुलनामा यो वर्ष चार गुणाले वृद्धि भएको हो ।
गत आवको ११ महिनामा १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आवको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको छ ।
स्वदेशमा कच्चा पदार्थ उत्पादन नभए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँका उद्योगले प्रशोधन गरी निर्यात गरेका हुन् ।यहाँका तेल उद्योगीले ब्राजिल, अर्जेन्टिना, सिंगापुर, मलेसिया लगायत मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी निर्यात गरेका हुन् ।
मुलुकबाट निर्यात हुने प्रमुख हिस्सा भटमासको तेलले ओगटेको छ । चालु आवमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा सबैभन्दा ठूलो हिस्सा (४२ अर्ब ३४ करोड) भटमास तेलको रहेको छ ।
प्रतिक्रिया