ताजा समाचार

नेपाली बजारमा बढ्यो सुनको मूल्य, तोलाको कति ?

आइतबार, १३ असार २०७८, १२ : ०८

काठमाडौं  - आज आइबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला  ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, १३ असार २०७८, १२ : ०८

प्रतिक्रिया