वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने !

आइतबार, १३ असार २०७८, १२ : ४९

निजी क्षेत्रमार्फत् अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन्।

तर पहिले आफ्नो प्रहरीमा नेपाली नागरिक लिन इच्छुक कतारको पछिल्लो मनस्थिति के छ भन्ने थाहा नभएकाले त्यसबारे अन्योल कायमै रहेको नेपाली अधिकारीको भनाइ छ।

केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए।

यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन आफूखुसी रकम उठाएरू बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो।

उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो।

अधिकारीहरूका अनुसार यही असार पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रबाट कतार प्रहरीका लागि माग आएमा त्यसलाई प्रमाणीकरण गर्न कतारस्थित नेपाली दूतावासलाई निर्देशनात्मक पत्र पठाएको हो।

करिब चार महिनाअघि नै कतारको आन्तरिक मन्त्रालयले दुई सय जनालाई प्रहरीमा भर्ना गर्नका निम्ति भन्दै नेपाली दूतावासलाई पत्र पठाएको भारद्वाजले बताए।

तर नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौताअन्तर्गत सैन्य सेवामा काम गर्नेबारे केही नभएकाले निर्णय हुन नसकेको अधिकारीहरूको भनाइ छ।

त्यसबारे दूतावासले निर्णय गर्न नसकेपछि कामदार प्रमाणीकरण गर्ने कि नगर्ने भन्नेबारे उसले मन्त्रालयलाई पत्राचार गरेको थियो।

त्यसपछि सरकार(सरकार सम्झौता गरेर मात्र कतार प्रहरीमा नेपालीलाई पठाउने भन्नेबारे सरकारी निकायबीच छलफल चलेको बुझिएको छ।बिबिसी 

आइतबार, १३ असार २०७८, १२ : ४९

प्रतिक्रिया