वैदेशिक रोजगार विभागले दियो अभिमुखीकरण तालिम सञ्चालनको अनुमति

सोमबार, १४ असार २०७८, ०७ : १३

काठमाडौं - नियन्त्रणका कडा प्रावधान र कारबाहीको चेतावनीसहित वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालनको अनुमति दिएको छ । 

सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिन थालेपछि विभागले निजी क्षेत्रका संस्थाहरुलाई अभिमुखीकरण तालिम सञ्चालनको अनुमति दिएको हो । 

वैदेशिक रोजगार ऐन र नियमावली अनुसार वैदेशिक रोजगारको श्रम स्वीकृतिका लागि अभिमुखीकरण तालिम अनिवार्य गरिएको छ ।

विभागले सबै अभिमुखीकरण संस्थाहरुका नाममा सूचना जारी गर्दै विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अभिमुखीकरण दिने संस्थाको सञ्चालकको मोबाइल नम्वर अनिवार्य अपलोड गर्न भन्दै मोबाइल नम्बर परिवर्तन गरेको भए नयाँ नम्बर अपलोड गर्न भनेको छ ।

सोमबार, १४ असार २०७८, ०७ : १३

प्रतिक्रिया