काठमाडौं - एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेका छन् ।
पक्राउ परेका घताने सुन व्यवसायीसमेत रहेको बताइएको छ । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।
प्रतिक्रिया