बिक्रीमा राखेको १ मिनेटमै ९ अर्ब २० करोड मूल्यको अनर पी ५० सिरिज बिक्री

सोमबार, १४ असार २०७८, १६ : ३३

काठमाडौं, स्मार्टफोन ब्राण्ड अनरले चिनियाँ बजारमा हालै अनर पी ५० सिरिज सार्वजनिक गरेको छ । 

कम्पनीले यी सिरिज बिक्रीका लागि राखेको एक मिनेटमै ५० करोड यूआन अर्थात् करिब ९ अर्ब २० करोड ४८ लाख रूपैयाँ बराबरको फोन बिक्री भएको जानकारी दिएको छ । यसअन्तर्गत कम्पनीले अनर ५० र अनर ५० प्रो गरी दुई मोडलका स्मार्टफोन बजारमा उपलब्ध गराएको छ ।

यी मोडल हाल पूर्ण रूपमा चीनमा उपलब्ध छन्, तर कम्पनीले चाँडै नै युरोपेली बजारमा पनि सार्वजनिक गर्ने योजना ल्याएको छ ।

सोमबार, १४ असार २०७८, १६ : ३३

प्रतिक्रिया