अभिनेता पल शाह : रियल हिरो अफ दि इयरबाट सम्मानित

मंगलबार, १५ असार २०७८, १२ : ५३

अभिनेता पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।
 
सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए । 
 
सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ ।
 
निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । 

मंगलबार, १५ असार २०७८, १२ : ५३

प्रतिक्रिया