अनुमतिपत्र नलिएको र म्याद सकिएका सामग्री रहेका चार दुग्ध उद्योगमाथि कारबाही

मंगलबार, १५ असार २०७८, १७ : ४६

धादिङ, जिल्लाका चार  दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार डेरीको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । 

अनुगमन टोलीले पशुपति डेरीलाई रु १० हजार,  एन के डेरीलाई रु १५ महांकाल डेरीलाई रु  १० हजार र खनाल डेरीलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।  उहाँका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । 

मंगलबार, १५ असार २०७८, १७ : ४६

प्रतिक्रिया