कुवेतमा चर्को घाममा काम लगाउने ३२४ कम्पनीलाई प्रतिबन्धकोे चेतावनी

बुधबार, १६ असार २०७८, १० : ३२

काठमाडौैं - कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको छ ।

कुवेतको जनसंपर्क र मिडिया विभागका निर्देशक साथैै पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०को अनुगमन टोलीले निरीक्षण गरी श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ वटा कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको हो

यी कम्पनीहरूमा काम गर्ने कामदारहरूको संख्या ५६४ जना रहेको छ । निरीक्षण टोलीले व्यावसायिक स्वास्थ्य र सुरक्षाका लागि राष्ट्रिय केन्द्रमा खुला स्थानमा कामको अनुगमन गर्ने जिम्मा पाएको छ ।  

जुन १ देखि २४ तारिखसम्म ५०२ साइटहरूको निरीक्षण गरिसकेको जनाएको छ । कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

बुधबार, १६ असार २०७८, १० : ३२

प्रतिक्रिया