उड्ने कारको उडान परीक्षण सफल

बुधबार, १६ असार २०७८, १० : ५२

हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ।

आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ।

यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ।

कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ।यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ।

सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने।

हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो।

कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन्।

तर परीक्षण चरणमै रहेको ड्रोन(ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ।बिबिसी 

 

बुधबार, १६ असार २०७८, १० : ५२

प्रतिक्रिया