इटाली पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ

विहीबार, १७ असार २०७८, ०७ : २५

काठमाडौं - वैदेशिक रोजगारका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । 

उक्त ठगी आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका उमेश रेग्मी पक्राउ परेका हुन् । 

उनले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका सौगात सुनुवार र अन्य दुई जनालाई रोजगार भिसामा युरोपियन मुलुक इटाली पठाइदिने झुटो प्रलोभनमा पारी प्रत्येकसँग साढे दश लाख रुपैयाँ लिई साढे ३१ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

विहीबार, १७ असार २०७८, ०७ : २५

प्रतिक्रिया