आजबाट नियमितरूपमा श्रम स्वीकृति

विहीबार, १७ असार २०७८, ०७ : ४६

काठमाडौं - वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि नियमितरूपमा श्रम स्वीकृति दिने भएको छ । 

उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोेमा आजदेखि भने सार्वजनिक बिदा परेमा वाहेक सबैदिन श्रम स्वीकृति दिइने बताएको छ ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर रोक्न काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि उक्त कार्यालयले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य गत वैशाख १६ गतेदेखि स्थगित गरेको थियो ।

विहीबार, १७ असार २०७८, ०७ : ४६

प्रतिक्रिया