आज नेपाली बजारमा ८०० ले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

विहीबार, १७ असार २०७८, ११ : ०४

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

विहिबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

विहीबार, १७ असार २०७८, ११ : ०४

प्रतिक्रिया