रोजगारीको खोजीमा हुनुहुन्छ ? रिलायन्स लाइफले माग्यो कर्मचारी, योग्यता कति ?

शुक्रबार, १८ असार २०७८, ०७ : २०

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै बागमती प्रदेशको पाटन क्षेत्रका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले माग गरेकोे उक्त पदमा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले असार २२ गतेसम्म कम्पनीको इमेल ठेगानामार्फत आवेदन दिन सक्ने छन् ।

शुक्रबार, १८ असार २०७८, ०७ : २०

प्रतिक्रिया