वैदेशिक रोजगार विभागले जिट्कोलाई दियो नवीकरणका लागि एक महिना

शुक्रबार, १८ असार २०७८, ०९ : ४७

काठमाडौं - वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीहरुलाई नवीकरण हुन एक महिनाको समय दिएको छ ।

विभागले बिहीबार सूचना सार्वजनिक गर्दै जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएकोे हो । विभागले जिट्कोमा सूचीकृत म्यानपावर कम्पनीहरुले जुलाई ३१ अर्थात साउन १६ गतेभित्र निवेदन दिइसक्नुपर्ने बताएको छ ।

नवीकरण हुन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर वापत दश हजार रुपैयाँ बुझाएको रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि जिट्को मार्फत गत आर्थिक वर्ष २०७६/७७ मा कामदार पठाएको विवरण पेश गर्नु पर्ने छ ।

साथै आगामी आर्थिक वर्ष २०७८/०७९ वा सो भन्दा अगाडिका आर्थिक वर्षका लागि म्यानपावर नवीकरण भएको प्रमाणपत्र, बैंक ग्यारेन्टी र नगद धरौटी, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिष्ट्रारको कार्यालयमा गत आर्थिक वर्षसम्म अध्यावधिक भएको वा प्रक्रिया शुरु भएको प्रमाणित हुने कागजात पेश गर्न जानकारी दिइएकोे छ ।

म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि करिब साढे दुई सय म्यानपावर कम्पनी सूचीकृत भएका थिए । 

शुक्रबार, १८ असार २०७८, ०९ : ४७

प्रतिक्रिया