आज पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

शुक्रबार, १८ असार २०७८, ११ : ००

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला  ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने जनाएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

विहिबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

शुक्रबार, १८ असार २०७८, ११ : ००

प्रतिक्रिया