त्रिभुवन विश्वविद्यालयले ७७ जना कर्मचारीको माग गरेको छ ।त्रि वि अन्तर्गतको सेवा आयोगको कार्यालयले त्रिविका विभिन्न निकायका लागि प्रशासन सेवा अन्तर्गत प्राविधिक समूहका पदहरुमा दरखास्त आह्वान गरेको हो ।
सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र र मुख्य प्राविधिक सहायक ६७ गरी कूल ७७ दरबन्दी संख्यामा दरखास्त आह्वान गरिएको छ ।
२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुकले साउन ४ गते (दोब्बर दस्तुर तिरेर साउन ९ गते) सम्ममा दरखास्त दिन सक्नेछन् । इच्छुकले यो अनलाइन एप्लिकेसनमार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया