यूनाइटेड सिमेन्ट्सलाई नेपालकै सर्वोत्कृष्ट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

शुक्रबार, १८ असार २०७८, १८ : ४४

काठमाडौं, यूनाइटेड सिमेन्ट्स प्रालि द्वारा उत्पादित यूनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको छ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।

शुक्रबार, १८ असार २०७८, १८ : ४४

प्रतिक्रिया