युरोकप : पेनाल्टीमा हराउँदै स्पेन पुग्यो सेमिफाइनलमा

शनिबार, १९ असार २०७८, ०७ : ५६

काठमाडौं,स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३- १ ले पराजित गर्दै स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १(१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।

खेलको आठौं मिनेटमा स्वीट्जरल्यान्डका डेनिस जाकारियाले जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा आत्मघाती गोल गरेपछि स्पेनले अग्रता लिएको थियो।६८ औं मिनेटमा स्वीट्जरल्यान्डका कप्तान जद्रानशाकिरीले बराबरी गोल फर्काएका थिए।

शनिबार, १९ असार २०७८, ०७ : ५६

प्रतिक्रिया