वैदेशिक रोजगारीमा गएको छोराले राम्रो तलव नपाएको भन्दै बुवाद्धारा एजेन्टको हत्या

आइतबार, २० असार २०७८, ०७ : ३६

काठमाडौं - वैदेशिक रोजगारीमा गएको छोराले राम्रो काम र तलव नपाएको भन्दै बुवाले वैदेशिक रोजगारीमा पठाउन सहयोग गर्ने एजेन्टको गोली हानी हत्या गरेका छन् । 

कपिलवस्तुको विजयनगरका ५० वर्षीय पशुपति कुर्मीले सोही जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० का ५५ वर्षीय पारस पुरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले कुर्मीलाई पक्राउ गरेको छ ।

२०७५ चैत १७ गते राति साढे ९ बजे कुर्मीले योजना बनाएर पुरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुर्मीले १ लाख १५ हजार रूपैयाँ लिई पुरीले खाडी मुलुक बहराइन पठाएकोमा भने अनुसार तलब र कम्पनी नभएपछि रकम फिर्ता माग्दा नदिएपछि कुर्मीले मार्ने योजना बनाएको स्वीकार गरेका छन् । 
 
 

आइतबार, २० असार २०७८, ०७ : ३६

प्रतिक्रिया