एजेन्सी - भारतले मध्यपूर्वबाट हुने तेल निर्यातमा भारी कटौती गरेको छ । विश्वकै तेस्रो ठुलो तेल निर्यातकर्ता भारतले उर्जा श्रोतहरुमा विविधता खोज्दै मध्यपूर्वबाट हुने तेल निर्यात उल्लेख्य मात्रामा घटाएको हो ।
मध्यपूर्वी मुलुकहरुबाट भारतमा हुने तेल निर्यातको मात्रा विगत २५ महिना यताकै सबैभन्दा कम रहेको बताईएको छ । भारत सरकारले उर्जा सामाग्री निर्यातमा विविधता खोजेको भन्दै तेल प्रशोधनकर्ताहरुले अन्य विकल्प खोजेका हुन् ।
मध्यपूर्व बाट भारतमा सन् २०१९ अप्रिलमा ६७.९ प्रतिशत भएको तेल निर्यात पछिल्लो समय ५२.७ प्रतिशतमा झरेको छ । भारतको दोस्रो ठुलो तेल आपूर्तिकर्ता साउदी अरब बाट तेल निर्यात गत बर्षभन्दा एक चौथाई कम भएको छ ।
त्यस्तै, भारतमा तेल आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई हाल सातौँ स्थानमा पुगेको छ । पछिल्लो समय, भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय मुलुकहरुबाट तेल निर्यात बढाएका छन् ।
प्रतिक्रिया