अमेरिकाले प्रतिबन्ध लगायो चीनका अल्पसंख्यक उइघुर जातिको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यात

आइतबार, २० असार २०७८, १० : ३५

एजेन्सी - अमेरिकाले चीनमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा रोक लगाएको छ । अमेरिकाले चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा  रोक लगाएको हो । 

अमेरिकाको यहि कदम स्वरुप सोलर प्यानल उत्पादक चिनियाँ कम्पनी होसिन सिलिकन ईन्डस्ट्रिको सामाग्रीहरुमा प्रतिबन्ध लागेको छ । उक्त कम्पनीले सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको बताईएको छ  ।

चीन सरकारले सिन्जियाङमा अल्पसंख्यक उइघुरहरुलाई बाध्य श्रममा लगाउने जस्ता मानवीय अपराध गरेको भन्दै आलोचना हुने गरेको छ ।

होसिन सिलिकन कम्पनीले सिलिकन सामाग्री उत्पादनका लागि सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको भन्दै त्यस्ता सामाग्रीहरु प्रतिबन्ध गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा ९सीबीपी० ले बताएको छ ।

आइतबार, २० असार २०७८, १० : ३५

प्रतिक्रिया