नेपालीमा बजारमा बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुदै छ कारोबार ?

आइतबार, २० असार २०७८, ११ : ०५

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला  ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

गत शुक्रबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, २० असार २०७८, ११ : ०५

प्रतिक्रिया