सरकारले डीडीसीलाई दियो २० करोड रुपैयाँ ऋण

आइतबार, २० असार २०७८, १२ : ४७

सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । कोभिड–१९ को असहज परिस्थितिमा किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपैयाँ ऋण उपलब्ध गराएको हो । 

संस्थाले वार्षिक दुई–दुई करोडका दरले सरकारलाई सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।
कोरोनाका कारण दुग्ध पदार्थ बिक्री नभएर लामो समयदेखि किसानलाई भुक्तानी दिन नपाएको संस्था आर्थिक रूपमा कमजोर बन्दै गएको गएको थियो । सोही आर्थिक समस्याबाट माथि उठ्न डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।

सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बाँकी रहेको छ र सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका जानकारी दिए ।

पछिल्लो समय निषेधाज्ञा क्रमशः खुकुलो हुँदै जाँदा दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण पनि बिस्तारै बढ्दै गएकाले अब भने किसानको भुक्तानीका लागि गाह्रो नपर्ने पौडेलले बताए । 

आइतबार, २० असार २०७८, १२ : ४७

प्रतिक्रिया