कर्मचारीमा कोरोना संक्रमरण पछि कुवेत स्थित नेपाली दूतावास आजबाट बन्द

आइतबार, २० असार २०७८, १३ : २२

काठमाडौं - कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ । 

दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा बन्द गरिएको हो । यो सँगै राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने दूतावासले जनाएको छ ।

आइतबार, २० असार २०७८, १३ : २२

प्रतिक्रिया