पूर्व मन्त्री भट्टराईद्धारा पत्रकारको क्षमता विकासका लागि एक लाख सहयोग

२ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) पार्टीका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पत्रकारको क्षमता विकास गर्न रु एक लाख उपलब्ध गराएका छन् । 

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो । 

जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले बताए । भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आएका छन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया