काठमाडौं- अहिले सम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्ने गाउँपालिका र इन्टरनेट प्रदायकबीच सम्झौता भएको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक सजिलो नेट प्रालिबिच अबको ६ महिना भित्रमा सबै मुख्य मुख्य वस्तीहरुमा इन्टरनेट पुर्याउने सहमति भएको हो ।
महाभारत गाउँपालिका र ईन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रा.लि.) बीच पालिकाभरका सरकारी कार्यलय,बिद्यालयहरु र घरघर मै सर्वसुलभ ईन्टरनेट सुविधा लिन सकिने गरि दुइपक्षीय सहमति भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।
गाउँपालिकाको तर्फबाट अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, वडा नं.१ का वडा अध्यक्ष कान्छामान जिम्बा वडा नं.६ का अध्यक्ष रमेश कुमार लुङ्गेली र योजना शाखाका दिनेश बस्नेत र सजिलो नेटवर्क प्रालिको तर्फबाट सिइओ विकास मुडवारी र रोहित थापा मगरले सहमतिमा हस्ताक्षर गरेको हुन् ।
प्रतिक्रिया