सेयर बजार

साताभर १०८.२२ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २१ असार २०८२, ११ : ५४

काठमाडौं- यस साता नेप्से परिसूचक १०८.२२ अंकले बढेर २७०३.९६ विन्दुमा आईपुगेको छ। गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से यो साता १०८.२२  अंकले बढेर २७०३.९६ को विन्दुमा पुगेको हो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता सबै कारोबार दिन बजार बढेको छ । 

यस साता औसत कारोबार ७ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोडको कारोबार भयो । यस्तै, मंगलबार ७ अर्ब ३ करोड, बुधबार ९ अर्ब ७४ करोड र बिहीबार ९ अर्ब ६४ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३१.४४ अंकले बढेर २६६०.३९को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।
 

 
 
शनिबार, २१ असार २०८२, ११ : ५४

प्रतिक्रिया