बीएमसीले अमिताभ बच्चन घरकोको पर्खाल भत्काउँदै, यस्तो छ कारण

आइतबार, २० असार २०७८, १६ : २४

काठमाडौ,  भारतीय अभिनेता अमिताभ बच्चन घरकोको पर्खाल बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले भत्काउने भएको छ ।

भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार साँघुरो रहेको सडकलाई फराकिलो बनाउने क्रममा बीएससीले बच्चनको ‘प्रतीक्षा’ भवनको पर्खाल भत्काउन लागेको हो ।

साँघुरो सडक भएका कारण ट्राफिक जाम हुँदै आएपछि बीएमसीले चार वर्ष अघि नै पर्खाल भत्काउनेबारेमा बच्चन परिवारलाई जानकारी दिएको थियो । 

अमिताभको घरको अगाडिको भाग केही मात्रै भत्काउन लागिएको हो । 

आइतबार, २० असार २०७८, १६ : २४

प्रतिक्रिया