युएईले नेपाली उडानको प्रतिबन्ध २१ जुलाई सम्म लम्ब्यायो

सोमबार, २१ असार २०७८, ०७ : ५२

काठमाडौं - युनाइटेड अरब इमिरेट्स (यूएई)ले कोरोना भाइरसविरूद्ध मोडर्ना खोपलाई अनुमति दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो । 

अमेरिकाले मोडर्नालाई स्थानीयस्तरमा प्रयोग गर्ने अनुमति दिएपछि यूएईले पनि उक्त खोपलाई  अनुमति दिएको हो । नेपाल कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाईसम्म लम्ब्याएको छ । 

कोरोना भाइरसको महामारीमा कमी आएपछि युएईले अल्होसन एप मा ‘ग्रीन पास’ अनिवार्य गरी आन्तरिक व्यापार तथा उत्दपादन तथा सेवा क्षेत्र खुला गरेको छ । 

सोमबार, २१ असार २०७८, ०७ : ५२

प्रतिक्रिया