कोरोना संकटमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई ५० लाख धरौटी सापटी दिन राष्ट्र बैंकलाई आग्रह

सोमबार, २१ असार २०७८, ०७ : ५८

काठमाडौं - नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले कोरोना भाईरस (कोभिड –१९) को  कारण संकटमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई राहत पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।  

महासंघका संयोजक एवं प्रतिनिधि सभाका निवर्तमान सासद नेपाल वैदेशिक  रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष लालप्रसाद साँवा ९एलपी० लिम्बूको  नेतृत्वमा गएको टोलीले राष्ट्र बैंकलाई २१ बुंदे सुझाव दिदैं उक्त सुझाव दिएको हो ।

महासंघले कोरोना भाइरसको कारण लकडाउन हुँदा विगत एकवर्षदेखि वैदेशिक रोजगारसँग सम्वन्धित व्यावसाय पूर्ण रुपमा बन्द भएकाले यस क्षेत्रलाई पूर्ववत अवस्थामा संचालनमा आउन चालू पूँजीको अभाव रहेको स्पष्ट भएकाले वैदेशिक रोजगार व्यवसायीहरुले इजाजत लिँदा नेपाल सरकारको खातामा राखेको नगद धरौटी ५० लाख रुपैयाँ निश्चित अवधिका लागि सापटी स्वरुप फिर्ता गर्न माग गरिएको जनाएको छ । 

निश्चित समयका लागि धरौटी फिर्ता गर्दा नगदको अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकिरहेका व्यवसायीहरुलाई चलायमान हुन सहज हुने भएकाले महासंघले उक्त सुझाव दिएको हो । 

 
 

सोमबार, २१ असार २०७८, ०७ : ५८

प्रतिक्रिया