कुवेतको चर्को घाममा श्रमिकलाई काम लगाउने ५३८ कम्पनी जरिवानामा

सोमबार, २१ असार २०७८, १० : ३६

काठमाडौं - कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ कम्पनीहरुलाई जरिवाना गरिएको छ ।

एक महिनामा कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरिएको हो । 

८७९ जान कामदारहरूले समेत नियम उलङ्घन गरेको कुवेत न्युज एजेन्सीलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ । श्रमिकलाई चर्को घाममा काम लगाएको भन्दै पीएएमलाई विभिन्न मध्यम ५७ वटा उजुरी परेको थियो  । 

पीएएमका अनुसार आफैँले १ हजार ११८ वटा कम्पनीको साइटहरूको निरीक्षण गरेको हो ।निरीक्षणका क्रममा ४२५ कम्पनीहरुले मात्र नियम पालना गरेको पाइएको पीएएमले जनाएको छ । कारबाही परेका कम्पनीहरुलाई के कति जरिवाना गरिएको भन्ने बारे केहि खुलाईएको छैन ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झैँ बराबर गर्न सकिने बताइएको छ । 

सोमबार, २१ असार २०७८, १० : ३६

प्रतिक्रिया