काठमाडौं - क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको भन्दै निवर्तमान मन्त्री प्रभु साहबिरुद्ध उजुरी परेको छ ।
उनीबिरुद्ध काठमाडौं बाँसबारीकी दीपा कुँवरले क्यानडा पठाइदिने भन्दै लिएको पैसा नतिरेको भन्दै महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन दिएपछि कारोवारको विषय सार्वजनिक भएको हो ।
कुँवरले क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको र अन्य रकम फिर्ता नगरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएको कुँवरले बताएकी छन् ।
साह वैदेशिक रोजगार समेत हेर्ने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका तत्कालीन सभापति समेत हुन् । साहले क्यानडा पठाउन रकम लिएको अस्वीकार गरेका छन् ।
उनने आफु एमालेमा प्रवेश गरेपछि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रपञ्चमा आधारहीन आरोप लगाएको दाबी गरेका छन् ।
प्रतिक्रिया