पूजा ट्रेडिङ अर्डर सप्लायर्स  र फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन कालो सुचिमा  !

मंगलबार, २२ असार २०७८, १० : ३३

दुई व्यवसायी कालो सूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई व्यवसायीर आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको हो । 

कालो सुचिमा पर्नेमा सोनिका अग्रवाल रहेको पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्स, हेटौंडा र खगेन्द्र निरौला मुख्य व्यक्ति रहेको फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन अर्भिसेज प्राली, कन्काइ नगरपालिका–८ झापा रहेका छन् । 

अनुगमन कार्यालयले असार २१ गतेको निर्णय पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई २ वर्ष कालोसूचीमा राखेको छ भने फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन अर्भिसेज प्राली १ वर्षका लागि कालो सूचीमा रखिएको हो।   

कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा उनीहरुले भाग लिन नसक्ने कार्यालयले जनाएको छ। 

मंगलबार, २२ असार २०७८, १० : ३३

प्रतिक्रिया