काठमाडौं - मलेसियाले गैर कानुनी रूपमा काम गरिरहेका नेपालीहरूलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप गरेको छ ।
मलेसिया स्थित नेपाली दूतावासका अनुसार मलेसियाले गैर कानुनी श्रमिकहरूका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय ३१ डिसेम्बर २०२१ सम्मका लागि थप गरिएको हो ।
स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थपिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।
रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।
प्रतिक्रिया