अब ईसेवाबाट निशुल्क बैंकको किस्ता तिर्न सकिने

मंगलबार, २२ असार २०७८, १६ : २८

अब ईसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ ।
यो सुविधा असार २२ गते मंगलवारदेखि असार मसान्तसम्म लागू हुनेछ । उक्त अवधि भर ई सेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताएका छन् । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करीब ४५ लाख रहेको कम्पनीले बताएको छ । 
ई( सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।  ईसेवामा हाल ५० ओटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । 
 
 

मंगलबार, २२ असार २०७८, १६ : २८

प्रतिक्रिया