काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘आरविवि म्युचुअल फण्ड-१ आजदेखि खुल्ला गर्दैछ ।
फण्डले एक अर्ब रूपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । यस योजनाको कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
७ वर्ष अवधि रहेको यो एक बन्दमूखी योजना हो । कोष प्रवद्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया