काठमाडौं - ज्योति विकास बैंक लिमिटेडको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले उक्त ऋणपत्र असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।
वार्षिक ९ प्रतिशत ब्याजदरको सो ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।
१० वर्ष अवधिको सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया