काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
सोमबार प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया