काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा आज कम्पनीको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिएको छ ।
साथै सभामा समुह 'ख' अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गरिएको छ । सर्वसाधरणबाट सञ्चालकमा प्रकाश मान श्रेष्ठ र प्रपुजा पोखरेललाई निर्वाचित गरिएको हो ।
प्रतिक्रिया