इसेवा र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, मध्यपूर्वका ५० बढी देशबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

बुधबार, २३ असार २०७८, १४ : ०९

काठमाडौं - इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता सँगै अब युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ । 

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् । 

साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ । 

बुधबार, २३ असार २०७८, १४ : ०९

प्रतिक्रिया