काठमाडौं - बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्ने भएको छ ।
साथै अब बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै (एकल बीमालेखको हकमा पनि) बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण लिन पाउनेछन् ।
प्रतिक्रिया