मलेसियाका सबै नागरिकले खोप लगाइसकेपछि मात्र विदेशी कामदारले प्रवेश पाउने, नेपाली श्रमिकले पनि खोप लगाउदै

विहीबार, २४ असार २०७८, ०८ : ०६

काठमाडौं - मलेसियाले आफ्‍ना सबै नागरिकलाई माघभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ । साथै खोप लगाइसके पछि मात्र विदेशी कामदारलाई पनि मलेसिया प्रवेश दिने भएको छ । 

मलेसियास्थित नेपाली राजदूतावाका अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकले समेत खोप लगाइरहेका छन् । मलेसिया सरकारले दैनिक दुई लाख भन्दा बढीलाई खोप लगाइरहेका छन् ।

खोप लगाउँदा स्वदेशी र विदेशी भनेर नछुट्याएको बताइएको छ । एक वर्ष बढी भइसक्दा पनि नियमित रुपमा नेपाली कामदार मलेसिया जान पाएका छैनन् । कोरोनाको महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको हो । 

पछिल्लो समय नेपाली श्रमिकको रोजगारका लागि सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको छ । करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ४० हजार कामदार स्वदेश फर्किसकेका छन् । अहिले मलेसियामा करिब एक लाख ६० हजार नेपाली कामदार छन् ।

विहीबार, २४ असार २०७८, ०८ : ०६

प्रतिक्रिया