फेरी घट्यो सुनको मूल्य, तोलाको कति ?

विहीबार, २४ असार २०७८, ११ : ०३

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

विहीबार, २४ असार २०७८, ११ : ०३

प्रतिक्रिया