अपर तामाकोशीको करिब ८५ हजार कित्ता शेयर खरिदविक्री, प्रतिकित्ताको मुल्य कति ?

विहीबार, २४ असार २०७८, १२ : ३६

काठमाडौं, साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे एक घण्टाको अवधिमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको करिब ८५ हजार कित्ता शेयर खरिदविक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ८४ हजार ७७१ कित्ता शेयर खरिदविक्री भएको हो ।

कम्पनीको रू.५ करोड ७८ लाख  बराबरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीको  शेयरमूल्य ८ रुपैयाँले वृद्धि भएको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७१७ मा कारोबार भइरहेको छ ।

विहीबार, २४ असार २०७८, १२ : ३६

प्रतिक्रिया