कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा भोलि, यस्ता छन एजेन्डा !

विहीबार, २४ असार २०७८, १२ : ५६

काठमाडौं, कर्पोरेट डेभलपमेन्ट बैंकको भोलि (शुक्रबार) साधारण सभा बस्ने भएको छ । 

सभा बैंकको प्रधान कार्यालय वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजेबाट सुरु हुनेछ । 

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्ताव भने गरेको छैन । सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ । सभा प्रयोजनका लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

विहीबार, २४ असार २०७८, १२ : ५६

प्रतिक्रिया