सर्वसाधारणका आईपीओ निष्कासन गर्दैै सान्भी इनर्जी

विहीबार, ०१ जेठ २०८२, १० : ३५

काठमाडौं- सान्भी इनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जेठ ९ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो। 

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँड गरिसकेको छ।

कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गर्नेछ। यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । 

यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

विहीबार, ०१ जेठ २०८२, १० : ३५

प्रतिक्रिया